चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द


काठमाडौँ । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ ।    
    
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।

विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो । गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झण्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।    


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode