साँगा नाकामा कडाइ


बनेपा । कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।  

  
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ ।’

उहाँले भन्नुभयो, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छाँैं ।’ साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् । त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode