तीन दलद्वारा सुरक्षाको माग


गण्डकी ।  गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।    
    
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।    
    
दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले पछिल्ला घटनाक्रम सम्बन्धमा आठ बुँदे धारणा पनि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृङ्खलाबद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको जनाएका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope