थप अक्सिजन सिलिन्डर ल्याउन ’एयर लिफ्ट’ गर्नुपर्ने सुझाव


कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ ।
सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।


यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ ।

अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा समस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope