२४ घण्टामा ५ हजार ७६३ संक्रमित थपिए, १९ जनाको मृत्यु

१८ बैशाख २०७८, शनिबार १७:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रिमित संख्यमा हो । यो संगै हाल संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपालमा थप १९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.