संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

१९ बैशाख २०७८, आईतवार १५:२२

काठमाडौँ । नेकपा एमालेले कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोभिडका संक्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ । स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.