संसदमा विश्वासको मत लिन्छु : प्रधानमन्त्री

१९ बैशाख २०७८, आईतवार १९:१५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्मा विश्वासको मत लिने मन्त्रिपरिषद्लाई जानकारी गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए । सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन ।

यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् । ती मन्त्रिका अनुसार वैशाख २७ गते संसद् अधिवेशन बोलाउने तयारी गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.