‘अक्षर बनिदिए भावहरु’ सार्वजनिक


काठमाडौँ । हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीतसङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ । सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविकी माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कवितासङ्ग्रह विमोचन गर्नुभएको हो ।

गीत र कविता गरी ४१ वटा सङ्ग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ । पुस्तकको मूल्य रु ९५ छ । पूजा रोकाले प्रकाशन गर्नुभएको कविता तथा गीत सङ्ग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको हो ।    
    
 लेखकको यो पहिलो कृति हो । रोकाका कविता र गीतमा मन र जीवनका प्रवाह प्रवाहित भएको छ । कवितासङ्ग्रहका बारेमा समीक्षा गर्नुहुँदै समालोचक प्रा डा ज्ञानु पाण्डेले प्रेम, प्रणय र कोमल भावनाका कविता तथा गीत सङ्ग्रहमा समेटिएको बताउनुभयो । सङ्ग्रहमा ह्रास हुँदै गएको मानवीय संवेदनाका विषयमा पनि मन छुने रचना समेटिएको उहाँले सुनाउनुभयो ।    
    
 कार्यक्रममा वरिष्ठ कलाकार उत्तम नेपाली, प्रा डा जङ्गब चौहान, कलाकार गौरी मल्ल, डा मधु माधुर्यलगायतले रोजगारीका लागि विदेशिने नेपालीको मर्मलाई गीत र कविताका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको बताउनुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope