शय्या पाउन सोर्सफोर्स


सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल छ । अक्सिजनको हाहाकार भएर बिरामीलाई पु¥याउन सकस छ । भरिभराउ अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर अन्य रोगका बिरामीसँगै आकस्मिक कक्षको ग्यालरीमा राखिएको छ ।

प्रयोग हुने ठाउँमा आईसीयू र भेन्टिलेटरको चरम अभाव छ भने सञ्चालन हुन नसक्ने ठाउँमा त्यस्ता अत्यावश्यक उपकरणहरू थन्किएका छन् । उपचार नपाएर पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढीको मृत्यु हुन थालेको छ । यसले संक्रमितसँगै अन्य रोगका बिरामीको उपचार ओझेलमा परेको छ ।

दुई दिनअघि आईसीयूको प्रतीक्षामा एक संक्रमितका आफन्तले सेती प्रादेशिक अस्पतालमा ४८ घण्टा बिताए । आईसीयूमा रहेका संक्रमितको मृत्यु भएपछि मात्रै उनले निकै सोर्सफोर्स लगाएर बेड पाए ।

अन्य बिरामीले त त्यही पनि पाएनन् । ‘आईसीयू र भेन्टिलेटरमा रहेको कुनै बिरामी अब बाँच्न मुस्किल छ भन्ने सूचना पाएपछि सकभर त्यो बेड चाँडै खाली भइदिए हुन्थ्यो भन्ने प्रतीक्षा गरिरहेका थुप्रै कुरुवाहरू भेटिन्छन्,’ बिरामीका एक आफन्तले आफ्नो भोगाइ सुनाए ।

आईसीयूमा राख्नुपर्ने बिरामीलाई शय्या नपाएर अक्सिजन सहायतामै राख्नुपर्दा आफन्तहरू कुन बेला आईसीयू खाली होला र त्यहाँ सारौला भन्ने प्रतीक्षामा हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘हामी आईसीयूमा अन्तिम क्षणमा पुगेको बिरामीको पनि पुनर्जीवनको पुकारा गरिरहेका हुन्छौं तर अन्य बिरामीका परिवारजनलाई त्यो बेड चाँडो खाली भइदिए आफ्नो बिरामी राख्न पाइन्थ्यो भन्ने लागिरहेको हुँदो रहेछ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे भन्छन्, ‘आईसीयूका लागि सर्वसाधारणको गुहार मात्रै हैन, उपल्लो ओहोदाका व्यक्तिहरूको टेलिफोन र सोर्सफोर्स पनि आइरहेको हुन्छ तर बेड खाली नभएसम्म हामीसँग विकल्प हुन्न ।’

सबैभन्दा धेरै तनाव कोरोना अस्पतालमा खटिएका नर्सिङ स्टाफलाई छ । स्वास्थ्यकर्मीका अनुसार हरेक बिरामी आईसीयू सहायता अनिवार्य पर्ने खालका छन् तर आईसीयू पर्याप्त छैन । अस्पतालमा ४० शय्या अक्सिजन जडित, १० शय्या एजडीयू र १० वटा आईसीयू छ । आईसीयू आवश्यकताको दबाब थेग्नै नसकेपछि अन्य रोगका बिरामीको उपचारका लागि जोहो गरिएका १० वटा आईसीयू शुक्रबारदेखि कोरोनामै प्रयोग गर्न सुरु गरिएको छ ।

शनिबारसम्म ५९ जना संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, १७ आईसीयू र ३५ जनालाई अक्सिजन सहायता राखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिमभरि १० जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५२ पुगेको छ । कान्तिपुर दैनिकमा यो समाचार छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope