लुम्बिनी प्रदेशमा जसपाका दुई मन्त्रीले लिए सपथ


काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका २ मन्त्रीहरुको सोमबार पद तथा गोपनियताको सपथ ग्रहण भएको छ ।

समानुपातिक सदस्य कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीका रुपमा सपथ ग्रहण गरिन् । समानुपातिककै सदस्य सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण गरिन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ गराए ।

वैशाख ६ गते विस्तार गरिएको मन्त्रिमण्डलमा उनीहरु दुवैजना साविक मन्त्रालयमा थिए । उनीहरुको पदभार ग्रहण पनि सोमबार नै भयो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै शिक्षा तथा सामाजिक विकास मन्त्री पाण्डेले प्रदेशवासीको हितमा दत्तचित्त भएर लाग्ने र नमुना काम गरेर देखाउने बताइन् ।

आइतबार सपथ गरेका दुईसहित जसपाका ४ वटै मन्त्री प्रदेशसभाबाट निलम्बित भएका छन् । संसदीय दलको विधि र नियम विपरित गएको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले पार्टी सदस्य नरहेको र प्रदेशसभाबाट निष्कासित गरेको पत्र पठाएपछि प्रदेश सभाले उनीहरु सदस्य नरहेको सूचना जारी गरेको थियो ।

यद्यपि अध्यक्ष महन्त ठाकुर पक्षले उक्त निर्णय गलत भएको भन्दै कार्यान्वयनमा नलैजान निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । उनीहरु चारैजनाले सर्वोच्च अदालतमा कानुनी उपचारका लागि निवेदन समेत दर्ता गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् । अरु मन्त्रालय विस्तारै थप्दै जाने मुख्यमन्त्री पोखरेलले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope