एमाले : नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

२० बैशाख २०७८, सोमबार १५:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन साँसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.