श्रीलंकाको जेलमा रहेका २६ नेपाली महिलालाई स्वदेश फिर्तीको अनुमति


काठमाडौँ । संगठित मानव तस्करको फन्दामा परेर श्रीलंकाको जेलमा पुगेका २६ नेपाली महिलालाई साढे दुई महिनापछि त्यहाँस्थित अदालतले स्वदेश फिर्तीको अनुमति दिएको छ ।

अदालती अनुमति पाए पनि थुनामा रहेका २६ मध्ये १७ जना कोरोना संक्रमित हुँदा उनीहरूको नेपाल फिर्ती अनिश्चित बनेको छ ।
श्रीलंकास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विश्वास भट्टका अनुसार सोमबार मात्रै गाम्पहा जिल्ला अदालतले उनीहरूलाई स्वदेश फिर्तीको अनुमति दिएको हो ।

उनका अनुसार अदालतको आदेश लिखित रूपमा नपाएपनि न्यायाधीशले सबै महिलालाई नेपाल फिर्ताको अनुमति दिइसकेको छ ।
गत फागुन पहिलो साता नेपालबाट भारतको बाटो हुँदै श्रीलंका पु¥याइएका महिलाहरूलाई अवैध रूपमा खाडीका देशमा घरेलु कामदारका रूपमा राख्न खोजिएको थियो ।

श्रीलंकाको गाम्पहा जिल्लाको मिनुवाङगोडामा पक्राउ परेका उनीहरूलाई केही साता निगम्बोस्थित जेलमा राखिएको थियो ।
वैशाख पहिलो साता त्यहाँबाट कोलम्बोस्थित विलिकाँडा जेलमा स्थानान्तरण गरिएको थियो । कार्यवाहक राजदूत भट्टका अनुसार १७ संक्रमितलाई गत शुक्रबार मात्रै कारागार विभागअन्तर्गतको अम्बिपुसा क्याम्पमा स्थानान्तरण गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode