कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीको समस्याबारे उहाँले जानकारी लिनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सल्यान जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको थियो ।

कर्णालीमा थप आठ सङ्क्रमितको मृत्यु

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेँसी नगरपालिका–५ का ३८ र छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ६५ वर्षीया महिला रहेका छन् । उनीहरू सबैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका–४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा खड्काले बताउनुभयो । भेरी नगरपालिका–४ जाजरकोटका ४५ वर्षीया महिलालाई नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । डा खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको पिसिआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकामा १०३ गरी जम्मा ५०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएकामा सात हजार ७४८ (७८ प्रतिशत) सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope