१५ खानेपानी आयोजना सम्पन्न


प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो ।

प्रदेश सरकारको चालु आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि रु ११ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा रु २४ लाख लागतको दोर्दी गाउँपालिका–२ को अर्चलबोट खानेपानी आयोजना रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका–७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ ।

त्यस्तै रु १२ लाख लागतको मध्यनेपाल नगरपालिका–८ को कल्याणबेँसी खानेपानी योजना, रु १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका–१ र २ को घनापोखरा खानेपानी आयोजना रु १२ लाखमा सम्पन्न भएको छ ।

त्यस्तै, दोर्दी गाउँपालिका–८ बन्सार खानेपानी आयोजना रु ३७ लाख लागत, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना रु ३२ लाख ५० हजार बजेट, बेँसीशहर नगरपालिका–४ को हिले खानेपानी आयोजना र चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङ्दी गाउँपालिका–४ को मिप्रा स्याँगे खानेपानी आयोजना रु १२ लाखमा काम सकिएको छ ।

त्यस्तै, क्व्होलासोंथर गाउँपालिका–६ को पसगाउँ खानेपानी आयोजना रु ३७ लाख बजेटमा, १२ लाखमा बेँसीशहर नगरपालिका–२ मा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका–५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका–३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका–८ को बलिथुम खानेपानी आयोजना, सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङले जनाएको छ ।

बाँकी अन्य निर्माणाधीन आयोजनासमेत अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू सङ्घीय ससर्त अनुदानका २५ योजनामध्ये नौवटा आयोजनाहरुसमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाका कामसमेत तीव्र गतिमा अघि बढिरहेको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope