चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर


चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।

अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताउनुभयो ।

सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकामा हालसम्म दुई हजार ६६३ सङ्क्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० सक्रिय सङ्क्रमित छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope