अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु


सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदूरको मृत्यु भएको छ । विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले रानाको मृत्यु भएको हो । घनटामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन् । घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ ।

सो जलविद्युत् परियोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइएसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित तीन हजार भन्दा बढी मजदूर कार्यरत छन् ।

नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope