‘एक सिलिण्डर अक्सिजन दे ! ‘


तिमीले हामीलाई धेरै सपना बाड्यौ
सपना सँगै बाड्यौ घर घरमा ग्याँस पाईप
ठाउँ-ठाउँमा रेल, नेपालका नदीमा पानि जाहाज
यसको फेहरिस्त निकै लामो छ
भो केहि कुरा नगरौ !
तिमीले गफ गर्यौ, उखान र टुक्कामा
भन्यौ ‘कुनै नेपाली भोकले मर्नु पर्दैन’
‘गोजीमा पैसा नभएको कुनै नेपाली हुँदैन’।
तिमीले बाँकी केहि राखेनौ
आफूलाई राम्रो देखाउन
मिलुन्जेल गलतलाई सहि बनाउन !
कोरोनाले आक्रान्त पारेका बेला
सडकमा देखाउन मान्छे भेला पार्यौ
त्यतिबेला तिमीलाई कोरोना ठुलो भएन।
तर पहिलोचोटि देश लकडाउनमा हुँदा
आफ्नै नागरिकलाई नाङ्गेझार पारेर
सहर घुमायौ, आमाको क्रिया समेत गर्न दिएनौ !
अहिले फेरी देश लकडाउनमा छ
तिमी बिस्वासको मत खोजिरहेछौ।
आफ्नै पार्टीबाट बिस्वासको मत पाउन
नसक्ने तिमी अब कुन जनमतको आसमा
अझैपनि सपना बाडिरहेछौ ?
धिक्कार छ तिमीलाई, तिम्रो नेतृत्वलाई
यतिबेला कि एक मुठी सास नपाएर
प्राण त्यागिरहेछन कोरोना पिडित गरिबहरु !
अहिले अर्जुन पराजुलीको यो कविता
सम्झाईरहेछौ तिमीले:
‘सरकार,
तेरो पानि जाहाज तैं लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट सिटि लैजा
समृद्दीको भेल लैजा
तेरो उद्घाटन लैजा,शिलान्यास लैजा
पाईपबाट घर-घरमा ल्याएको ग्याँस लैजा
मेरा बाको औंठी लैजा, घडि लैजा
मेरी आमाको तिलहरी लैजा,
सरकार !
यी सबैको बदलामा
तैंले मलाई
एक सिलिण्डर अक्सिजन दे ! ‘


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope