हावाहुरीले रुख ढल्दा मृत्यु, केही घरका उडायो छाना


कैलाली । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिनुभयो ।

हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो । यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी रु. ७० हजार बरावरको क्षति भएको छ । चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । उहाँले जिल्लामा के कती क्षती भएको छ भने अझै घटनाको बिस्तृत बिवरण आउँन बाँकी रहेको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope