यो हो केपी ओलीको लागि ठुलो अवसर जिन्दगीमा मर्नु पैले गर्नु पर्ने

घिनलाग्दो , फोहोरी राजनीति भन्दा माथि उठेर अक्सिजन नपाएर ज्यान गुमाउने बिरामीको पक्षमा सबै जनासँग मिलेर अगाडि बढ्नु अनिबार्य छ। यो केपी ओलीको लागि ठुलो अवसर हो जिन्दगीमा मर्नु पैले गर्नु पर्ने।


कस्तो हाँस उठ्दो ? कस्तो हरिबिजोग? कस्तो ताल ? प्रधानमन्त्री कै भाषामा बोल्ने हो भन्ने ‘अचम्म लाग्छ, ताजुब लाग्छ’ देखेर नेपालको राजनीति। अन्तत: फेरी राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

आखिर केपी ओली नै प्रधानमन्त्री हुनुपर्ने रहेछ त अनि यो किचलो, खिच्चातानी किन ? राजधानीमा बाहिरका सबै मान्छे ल्याएर आन्दोलन किन? किन अस्तव्यस्त बनाए देश? किन बढाए कोरोना? किन गरे घिनलाग्दो नाटक ? आखिर यो नाटक कहिलेसम्म?

यो राजनीतिमा भएको जति पनि खिचातानी छ यो सबै समय, सामर्थ्य जति कोरोना रोकथाममा लगाएको भए के यति धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु पर्थ्यो र ? अक्सिजन नपाएर छटपटाउनु पर्थ्यो र ? अहिले हरेक हस्पिटलमा अक्सिजनको अभाब छ। अक्सिजन नपाएर बिरामी छट्पटाउदै मरिरहेको छ। कोरोना संक्रमितको संख्या दिनानु दिन बढेको बढेकै छ। पदमा बसेका मन्त्रीले भन्दा बरु साधारण नागरिकहरुले देश भित्र र बाहिरबाट हरेक किसिमले पहल गरिरहेका छन् नेपालीहरुको ज्यान बचाउन। (महाबिर पुनका स्ट्याटस र रबि लामिछानेको यो भिड्यो

।) हामीले तिरेको करका भरमा भत्ता र तलब खाएर बसेका मन्त्रीहरु कुर्सि र सत्ताका लागि घिनलाग्दो राजनीति गरिरहेछन।

बरु बाहिर बसेका नेपालीहरुले त्यहाँको संसदमा नेपाल देशका समस्यालाई सम्बोधन गरिदिनोस भनेर पहल गरिरहेका छन् । अमेरिकाको न्यू ह्याम्प्सायर र कनेक्टिकट राज्यमा बस्दै आएका नेपालीहरुको पहलका कारण त्यहाँको सिनेटले समेत नेपालको अहिलेको कोरोनालाई बहसको बिषय बनाएर करिब ३३ मिलियन अमेरिकन डलर अनुदान दिने निष्कर्ष निकालिसकेको छ। (यो हेरौ ) हाम्रा नेतालाई भने सत्तामा को जाने हो , अब को मन्त्री हुने हो मा नै ध्यान छ। के थाह कोरोनाको लागि भनेर आएको अनुदान पनि यिनै मन्त्रिहरुले झ्वाम पार्न बेर छैन। घिन लाग्दो छ स्थिति नेपाली राजनीतिको। भुकुम्प पिडीतका लागि आएको राहत सामाग्री त बोकेर हिड्ने मन्त्रीहरु छन हाम्रा देशमा, अनि के आस त्यस्ता नेताहरुबाट ? जब सम्म यिनै नेताहरुका आफ्ना मान्छेहरु, श्रीमती, छोराछोरीहरु कोरोनाका कारण अक्सिजन नपाएर छटपटाउदै ज्यान गुमाउनु पर्ने स्थिति आउदैन, तब सम्म यिनीहरुको बुद्दी कहिल्यै आउदैन झैँ लाग्छ।

खैर जे होस्। अबको राजनीति भनेको कोरोना बिरुद्द सबै मिलेर लड्ने राजनीति चाइएको छ। अब प्रधानमन्त्री के पी ओलीले उखान टुक्का र गालि गलोज , आरोप प्रत्यारोप छोडेर पुर्ण रुपमा कोरोना महामारीलाई परास्त गर्ने रणनिति लिनुपर्छ। घिनलाग्दो , फोहोरी राजनीति भन्दा माथि उठेर अक्सिजन नपाएर ज्यान गुमाउने बिरामीको पक्षमा सबै जनासँग मिलेर अगाडि बढ्नु अनिबार्य छ। यो केपी ओलीको लागि ठुलो अवसर हो जिन्दगीमा मर्नु पैले गर्नु पर्ने। यदि उनले त्यो गर्न सके भने ३ करोड नेपालीले संधैभरी सम्झिरहने छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope