जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिनुभयो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताउनुभयो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक÷एक जना रहेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जङ््गल क्षेत्रमा प्रवेश गर्नसमेत निकुञ्जले अपिल गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope