राजेन्द्र महतो भए जनता समाजवादीको संसदीय दलको नेता


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका राजेन्द्र महतो चयन भएका छन् । पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुको बिहिबार बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन । हिजो बबरमहलमा बसेको दलको बैठकमा बहुमत पुगेपछि सो निर्णय भएको उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope