भागबन्डा नमिलेपछि कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन रोकियो


काठमाडौं । कांग्रेसले दुई मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । तत्कालका लागि माओवादी केन्द्रका तीन मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीबिनै मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।

उनीहरूलाई बिहीबार ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको कांग्रेसले दुई मन्त्रालय मागेपछि शपथग्रहण स्थगित भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope