२४ घण्टामा ८१६७ कोरोना संक्रमित थपिए, १८७ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ । हाल १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope