सिन्धुलीको कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव


काठमाडौं । सिन्धुलीमाडीको सदरमुकामस्थित कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव भएको छ । स्वास्थ्यका सबै सुविधा भएको तर स्वास्थ्यकर्मीको अभाव भएको कोभिड अस्पताल संचालक समितिले जनाएको छ ।
अस्पतालमा आइसीयू, एचडीयू र नर्मल गरी ५० शय्या रहेको छ । कोभिड अस्पतालमा हाल १६ जना संक्रमितको अक्सिजन लगाएर उपचार भइरहेको छ ।

एउटै स्वास्थ्यकर्मीको टोलीले चौविसै घण्टा डिउटी गर्नुपर्ने बाध्यता रहेको छ । सिन्धुली अस्पतालमा ७ जना स्वास्थ्यकर्मी नै संक्रमित भएर उपचार गराइरहेका छन् । संचालक समितिका अध्यक्ष प्रल्हाद पोखरेलले प्रदेश तथा संघले स्वास्थ्यकर्मीसमेत पठाइदिए बाहिरी जिल्लाका बिरामीको उपचार गर्न तयार रहेको बताए ।

मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी थप हुने हो भने सिन्धुली कोभिड अस्पतालमा अक्सिजन दिएरै ५० भन्दा बढी संक्रमितको उपचार गर्न सकिने उनले बताए । सिन्धुली अस्पतालमा अक्सिजन उत्पादन हुने गरेको छ । प्रदेश तथा छिमेकी जिल्लाबाट संक्रमित थपिँदा उपचारमा समस्या नहुने तर स्वास्थ्यकर्मी कमी भएकाले समस्या उत्पन्न हुने अध्यक्ष पोखरेलले सुनाए ।

संक्रमितलाई आवश्यक सबै किसिमका सुविधा अत्याधुनिक बेडमै जडान भएको छ । संक्रमितलाई चाहिने इयरड्यू, अक्सिजन लगायतका औषधिहरु भर्ना भएको बेडमै जडान भएकाले सुविधा पर्याप्त भएको कोभिड अस्पताल संचालक समितिले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope