आजदेखि लागू हुँदै ह्वाट्सएपको ‘प्राइभेसी पोलिसी’


काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपको नयाँ प्राइभेसी पोलिसी आज मे १५ देखि लागू हुँदै छ । केही प्रयोगकर्ताले कम्पनीको यो नयाँ नीति स्वीकार गरिसकेका छन् । तर अन्य करोडौं प्रयोगकर्ताले अहिलेसम्म यसलाई एक्सेप्ट (स्वीकार) गरेका छैनन् ।

ह्वाट्सएपको यो नयाँ प्राइभेसी पोलिसीलाई लिएर विश्वव्यापी रुपमा निकै ठूलो विवाद उत्पन्न भएको थियो । जसका कारण ह्वाट्सएपमा प्रयोगकर्ताहरु सिग्नल, टेलिग्राम जस्ता अन्य प्रतिस्पर्धी एपतर्फ आकर्षित भएका थिए ।
यद्यपि ह्वाट्सएपले हालै भारतको दिल्लीस्थित उच्च अदालतमा दायर भएको मुद्दामा बयान दिँदै आफ्नो प्राइभेसी पोलिसी समेत इन्टरनेटमा आधारित तमाम अन्य एप समान रहेको बताएको छ ।

ह्वाट्सएपका अनुसार नयाँ प्राइभेसी पोलिसी स्वीकार नगर्ने प्रयोगकर्ताको अकाउन्ट डिलिट गरिने छैन । तर केही फिचर प्रयोग गर्नबाट ती प्रयोगकर्ताहरु बञ्चित हुनेछन् । जसमा म्यासेज र कल जस्ता सेवा समेत छन् । जब कि यस अघि कम्पनीले प्राइभेसी पोलिसी स्वीकार नगर्ने प्रयोगकर्ताको अकाउन्ट नै डिलिट गर्ने घोषणा गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope