कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि रु चार अर्ब ३२ करोडको सहमति


काठमाडौँ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ । मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope