चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन


काठमाडौं । कोरोना संक्रमणपछि उपचाररत वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान निधन भएको हो ।
कोरोना भाइरसबाट संक्रमित भए पछि उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । गएको १६ गते देहरादुनबाट काठमाण्डौ आएका उनलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् । कार्कीका श्रीमती र दुई छोरा छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope