पैसा भन्दा पनि ठूलो साथीभाई र आफन्तको मिठो बोलिबचन रहेछ


अहिले धेरै जसो अस्पतालमा कोभिडका बिरामीहरु अक्सिजन नपाएर छट्पटाइरहेका छन् । कोहि सरकारी अस्पतालमा ठाउँ नपाएपछि प्राईभेटमा जाँदा महँगो बेड चार्जका (एक दिनको झन्डै २० देखि ३० हजार, अनि औषधिको छुट्टै) कारण सहयोगका लागि आफन्त र साथीभाइसँग हार-गुहार गरिरहेछन । त्यही महँगो बेड र अक्सिजन पाउन पनि कतिपयले सकिरहेका छैनन् । यो समस्या देशैभरिका अस्पतालमा छ । काठमान्डू बाहिरको अवस्था हेर्दा झन् दर्दनाक भेटिन्छ ।

यस अवस्थामा सरकार निरिह बनेको देखिन्छ । सर्बसाधारण जनताहरू नै मिलेर सकेको गरिरहेको छन् । अक्सिजन प्लान्ट राख्न सहयोग गर्ने देखि विदेशबाट नेपालीहरुले आफ्नो गाँस काटेर पठाएको सहयोगका आधारमा अक्सिजन सिलिण्डरहरू जम्मा गर्ने काम गरिरहेका छन्, नेपालीहरूले नै ।

यतिबेला कोभिड बिरामीलाई तपाई हामी को साथ र सहयोग चाहिएको छ । पैसा हुनेले पैसा दिएर सहयोग गर्ने, नहुनेले कोभिड बिरामीलाई आत्मबल दिने । मिठो बोलिदिने गर्नाले पनि धेरै ठूलो सहयोग हुन जान्छ । यहि क्रममा हाम्रो समय समाचार टिम पोखराको मेडिप्लस (Mediplus ) अस्पतालमा त्यहाँका कोभिड बिरामीलाई हेर्न पुगेको थियो । त्यही बिचमा क्रमिक सुधार हुँदै गएका दुई कोभिड बिरामीसँग गरिएको गफका आधारमा तयार पारिएको रिपोर्ट हो यो । बेडमा राखेर अक्सिजन दिनु पर्दा आफूले महसुस गरेको कुरा उनीहरुले सेयर गरे ।

‘उहाँहरूलाई त अहिले धेरै ठिक भैसक्यो नि, तल आई सी यु मा राखेका कोभिड बिरामीहरूलाई हेर्न जानु न कस्तो दर्दनाक अवस्था छ,’ एक स्वास्थ्यकर्मीले भने । उनि त्यही नगिचै थिए । ठिक हुँदै गएका तिनै दुई कोभिड बिरामीलाई आत्मबल दिँदै भने, ‘उहाँहरुको पनि अवस्था त सुरुमा गाह्रो थियो तर अहिले धेरै ठिक भईसक्नु भयो । ‘ ति स्वास्थ्यकर्मीले उनीहरुको स्वास्थ्य जाँच गरेर केहि ‘अपडेट’ लिंदै उनि त्यहाँबाट निक्ले, ‘धेरै भिड नगरिदिनोस है’ भन्दै । त्यसपछि कुरा सुरुभयो अक्सिजनमै बसेका दुई कोभिड बिरामीसँग । दुई मध्ये एक जना अक्सिजनबाट भरखरै छुटेका रहेछन, अब डिस्चार्ज भएर घर जाने तयारीमा रहेछन । अर्का भने अझै १/२ दिन अक्सिजन लगाएर नै बस्नुपर्ला भन्दै थिए ।

एक थिए पोखरामा नै ठूलो ब्यापार गर्दै आएका सुदेश थापा (नाम परिवर्तन) र अर्का थिए पोखरा बजारमै सियो धागो ब्यबसाय गर्दै आएका बिजय सर्मा ।
‘जीवनमा कति थोक गरौँला भन्ने थियो, धन्न बाँचियो । मेरा ३/४ सय कर्मचारीलाई रोजगारी दिएर बसेको छु । म मरेको भए त गाह्रो हुन्थ्यो नि। ‘ थापाले भने । ति ठूला ब्यबसायी रहेछन, पोखराकै स्थानिय बासिन्दा । कुरो बुझ्दै जाँदा उनलाई पैसाको त्यति समस्या नभएको । आफ्ना चिने जानेका डाक्टर साथीभाई पनि भएको कुरा उनि बताउँदै थिए । त्यसो भन्दै जाँदा उनि भन्दै थिए, ‘हेर्नुहोस न यो पैसा के रहेछ र ? मलाई यतिबेला थाहा भयो । अस्ति नै म फ्याट्ट मरेको थिए भने यो मैले कमाएको सम्पति म लिएर जाने थिइन् । त्यहि भएर यो पैसा सम्पति भन्ने केहि होईन रहेछ। ‘ यद्दपि उनिसँग त्यही पैसा हुनाका कारण एक रातको २० हजार सम्म तिरेर अस्पताल भर्ना हुन सकेका थिए । तर जुन महसुस उनले गरिरहेका थिए, त्यो निकै नै ठूलो महसुस थियो ।

उता बिजय सर्मा भने नाकमा अक्सिजन लगाएर उनका कुरा सुन्दै मुसुमुसु हास्दै थिए । ‘मलाई त मर्छु झैँ लागेको थियो । बल्ल आजबाट अक्सिजन लेभल शरीरमा बढ्दै जान थालेकोले अब चै भने आस पलाएर आएको छ । मलाई त यो लेभलमा आउन झन्डै १० दिन लाग्यो । आज ११ औँ दिन भयो अक्सिजन लगाएको । ‘

‘हामी त सार्है भाग्यमानी रहेछौँ । कस्तो कस्तो मान्छेहरू, हाम्रो समाज र देशलाई चाहिने मान्छेहरू त यो कोभिडको कारण मरे ‘ थापाले भने । ‘हाम्रा लागि भने इश्वर दाईना भएका हुन । हामीले बेड पाउनु , अक्सिजन अहिले सम्म पाउनु हाम्रो ठूलो भाग्य हो । म समाचार सुनिरहेछु बेड नपाएर, अक्सिजन नपाएर छटपटाउदै बिरामी मरिरहेको । सरकार आफैँ राजनीतिक खिचातानीमा व्यस्त छ । ‘

थापा बोलिरहे, ‘अहिले त पैसा भन्दा पनि ठूलो साथीभाई र आफन्तको मिठो बोलिबचन र व्यवहार रहेछ । तपाईलाई कसैले १ करोड नै दियोस न । यी तपाईंहरू हामीलाई कस्तो छ भन्दै बुझ्न, गफ गर्न , हाम्रो नजिक हुन , के सहयोग गर्न सकिन्छ भन्दै आउनुभयो , त्यो धेरै ठुलो कुरा हो । ‘

नजिकैबाट बिजय भने मुसुमुसु हाँसिरहेका थिए । ‘हो दाईका कुरा मलाई सहि लाग्यो,’ उनले सहि थापे ।

‘त्यही त,’ थापाले भने ।

हाम्रो टिम भने केहीछिनको कुराकानी पछि उहाँहरूलाई बधाई तथा स्वास्थलाभको शुभकामना दिदै बाहिर निस्क्यो र अर्को अस्पतालमा कोभिड बिरामीको अवस्था कस्तो छ त्यो बुझ्न अघि बढ्यो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope