पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु 


इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो । 
   
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ ।

स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताउनु भएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope