सिंहदरबारमा ओली र नेपालबीच वार्ता


काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गो लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ । यसअघि गएको शुक्रवार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ को अवस्थामा फर्कँदै विधान र पार्टी संरचना कायम गरेर अघि बढ्नेबारे दुई पक्षबीच सहमति भइसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope