शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा


काठमाडौं । नेपाल शिक्षक महासंघले जेठ ५ गतेदेखि दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गर्ने ए विज्ञप्ती जारी गरी जनाएको छ ।

खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा समेत शेयर गर्ने जनाइएको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यक्रमको तालिका सार्वजनिक गर्दै जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिनुपर्ने, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गर्नुपर्ने लगायत माग गरिएको छ ।

जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघ बीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने र जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने योजना महासंघले सार्वजनिक गरेको छ ।

जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने र जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जनाए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope