भेरासेलको दोस्रो डोज आजदेखि


काठमाडौं । कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो । काठमाडौंमा चैत २५, २६ र २७ गते भेरासेलको पहिलो डोज लगाएकालाई आज दोस्रो डोज लगाइँदै छ ।

त्यस्तै चैत २९ र ३० गते पहिलो डोज लगाएकालाई भोली दोस्रो डोज लगाइने छ । त्यस्तै चैत ३१ र वैशाख २ गते पहिलो डोज लगाएकालाई जेठ ४ गते, वैशाख ३ र ४ गते पहिलो डोज लगाएकालाई जेठ ५ गते दोस्रो डोज लगाइने छ ।

त्यस्तै वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो डोज लगाएकालाई जेठ ८ गते तथा वैशाख १३ गते पहिलो डोज लगाएकालाई जेठ ९ गते दोस्रो डोज खोप लगाइने भएको छ ।

त्यस्तै वैशाख १४ गते पहिलो डोज लिएकालाई जेठ १० र वैशाख १५ गते खोप लिएकालाई जेठ ११ गते दोस्रो डोज लगाइने छ । खोप लगाउनका लागि काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरू तोकिएका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाबाट खोप प्रदान गरिने भएको छ ।

त्यस्तै चन्द्रागिरी नगरपालिकामा ३, कीर्तिपुर, बुढानीलकण्ठ, गोकर्णेश्वर, टोखा तथा नागार्जुन नगरपालिकामा दुई–दुई खोप केन्द्र तय गरिएको छ । कागेश्वरी मनोहरा, तारकेश्वर, शंखरापुर र दक्षिणकाली नगरपालिकामा भने एक–एक वटा खोप केन्द्र तय गरिएको छ ।

भक्तपुरमा जेठ ४ देखि र ललितपुरमा जेठ ६ देखि भेरासेलको दोस्रो डोज खोप लगाइने कार्यतालिका बनाइएको छ । त्यस्तै काभ्रेमा चैत २६ देखि ३० सम्म पहिलो डोज खोप लगाएकाहरूलाई आजदेखि खोपको दोस्रो मात्रा लगाइने भएको छ । चैत ३१ गते लगाएकालाई भोलि, वैशाख २, ३ र ४ गते खोप लगाएकाहरूलाई जेठ ४ मा र वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ५ र ६ गते दोस्रो डोज खोप लगाइने छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope