बागलुङका स्थानीय तहद्वारा ५५ लाखको कोरोना कोष स्थापना


गलकोट । कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा सङ्कटसंग जुध्न कोष स्थापना गरेका हुन् ।

कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासंग सम्बन्धीत काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ” उहाँले भन्नुभयो “कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी सञ्चालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो ।”

जिल्लाको गलकोट, जैमिनी , ढोरपाटन नगरपालिका, निसीखोला तमानखोला, बडिगाड , ताराखोला, बरेङ तथा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्नेछन् ।

कोषमा जम्मा भएको रकम ंसङ्क्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्तीको लागि संघ तथा प्रदेश सरकार संग आग्रह गरिएकाृ छ । कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम प्रभावाकारी भएको थियो यसैले दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोलाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

अहिले शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाको शव वाहन नगरपालिका भित्र मात्रै सेवा नदिएर जिल्लाभर सेवा दिन तत्पर रहेको नगरपालिकाले जनाएको छ । अहिले दश पालिकाका ४० कोरोना सङ्क्रमित धौलागिरी अस्पतालको आइसोलेशनमा उपचाररत् छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope