कोभ्याक्स सुविधाको खोप चाँडो आपूर्ति गर्न राष्ट्रसंघलाई ओलीको आग्रह


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भइरहेको जनाएको छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न आग्रह गरेका हुन् । यस्तै राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग जानकारी लिएकी थिइन् । राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले जानकारी गराएकी थिइन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope