के हो आजदेखी टेलिकमले शुरु गरेको भीओएलटीई सेवा ?, तपाईंको मोबाइलमा चल्छ कि चल्दैन ?


काठमाडौं । नेपाल टेलिकमले नेपालमै पहिलो पटक आजदेखि भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा सञ्चालनमा ल्याएको छ । परीक्षणको रुपमा सञ्चालनमा आएको यो सेवा सुरुवाती चरणमा केही सीमित मोबाइल सेटहरुमा मात्रै चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा मात्रै हाल यो सेवा उपलब्ध छ । क्रमशः अन्य मोबाइलहरुमा समेत सेवा विस्तार गर्दै लैजाने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

सामान्यतयाः *444# डायल गरी २ मा थिच्नुभयो भने तपाईंको मोबाइल नम्बरमा टेलिकमको भीओएलटीई सेवा एक्टिभ हुन्छ । तर यसका लागि तपाईंको मोबाइल सेटले यो सेवा सपोर्ट गर्नुका साथै सम्बन्धित मोबाइल निर्माता कम्पनीले समेत टेलिकमको भीओएलटीईलाई आफ्नो सिस्टममा इनेबल गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकमको मोबाइल निर्देशनालयकी निर्देशक विनु प्रधानका अनुसार विभिन्न भेण्डरहरुमार्फत मोबाइल निर्माता ब्राण्डहरुसँग यसका लागि सम्वाद चलिरहेको छ । ‘सबै सेटहरुमा चल्ने अवस्था नबनिसकेकै भएर यसलाई हामीले परीक्षण भनेका हौं,’ उनले भनिनन् ।

आईफोनले भीओएलटीई सपोर्ट गरेपनि भीओएलटीईमा रहँदा एसएमएस प्राप्त गर्ने क्रममा केही समस्या देखिएको छ । यो समस्या समाधानका लागि आईफोन निर्माता कम्पनी एप्पलसँग सम्वाद चलिरहेको टेलिकमले जनाएको छ ।

यदि तपाईंको मोबाइलमा भीओएलटीई एक्टिभ गर्दा राम्रोसँग चलेन भने *444# डायल गरी अंक ३ थिचेर यो सेवा डिएक्टिभ गर्न सक्नुहुनेछ । टेलिकमले भीओएलटीई सेवाको परीक्षणका लागि यसमा रहेर गरिने भ्वाइस तथा भिडिओ कलका लागि छुट्टै प्याक समेत उपलब्ध गराउनेछ ।

यो सेवा प्रयोग गर्न तपाईंको मोबाइलको डेटा खर्च हुँदैन । भ्वाइस नेटवर्कबाटै चल्ने भएकाले यसको शुल्क नियमित भ्वाइस कल गरेकै सरह अर्थात प्रति मिनेट एक रुपैयाँ ५० पैसा प्रति मिनेट लाग्नेछ ।
यद्यपी भोलिको दिनमा टेलिकमले यो सेवाका लागि अन्य प्याकेज समेत ल्याउने तयारी गरिरहेको छ । त्यस्तो अवस्थामा तपाईंले हाल भ्वाइस कल तथा डेटामा जस्तै भीओएलटीईमा भिडिओ तथा भ्वाइस कलका लाग सस्तो प्याकेज पाउनु हुनेछ ।

हाललाई यो सेवा सुचार गराउने ग्राहकले पहिलो पटकमा १०० मिनेट निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउनेछन् । त्यसका लागि तपाईंले *111# डायल गर्नुपरेर त्यसमा उपलब्ध निःशुल्क प्याकेज रोज्नुपर्ने हुन्छ ।
तपाईंको मोबाइलमा भीओएलटीई चल्ने अवस्थामा मात्रै यो नम्बरमा डायल गर्न सक्नुहुनेछ । यसको अर्थ तपाईंको मोबाइलमा भीओएलटीई सेवा चल्छ कि चल्दैन भन्ने कुरा थाहा पाउने सबैभन्दा सजिलो तरिका भनेकै *111# डायल गर्नु हो ।

किन भने यो नम्बरमा टुजी, थ्रीजी र भीओएलटीई बिनाको फोरजीबाट डायल गर्न सकिँदैन । भिओएलटीई चल्ने अवस्थामा मात्रै यसका लागि आवश्यक प्याक लिन सकिन्छ ।

यतिगरिसकेपछि आफ्नो मोबाइलको डेटा अन गर्ने स्थानमा केही बेर थिच्नुहोस् । अब त्यहाँ नेपाल टेलिकम भएको स्थानमा दबाउनुहोस् र तल रहेको यूज भीओएलटीई (ग्कभ ख्यीत्भ्) सेवा अन गर्नुहोस् ।

तपाईंको मोबाइलमा यो सेवा सञ्चालन भएको खण्डमा माथि मोबाइल टावरसँगै भीओएलटीई (ख्यीत्भ्) लेखिएको देखिनेछ । सामान्य अवस्थामा देखिएन भने अघि जस्तै डेटा अन गर्ने स्थानमा जानुभयो भने थाहा पाउन सकिन्छ ।

यदि तपाईंको मोबाइलमा यो सेवा सुचारु भयो भने भीओएलटीई एक्टिभ भएको अर्को कुनै नम्बरमा डाल गर्दा एचडी भ्वाइस कलको अनुभव गर्न सक्नुहुनेछ । साथै भ्वाइस कल गरेजस्तै भिडिओ कलको विकल्प समेत डायल प्याडमै देखिनेछ ।

टेलिकमले भीओएलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको सूची आफ्नो वेबसाइटमा अपडेट गरिरहेको छ । तपाईं ग्रामीण क्षेत्रमा हुनुहुन्छ र मोबाइलमा ८०० मेगाहर्जको फोरजी सपोर्ट छैन भने तपाईंले टेलिकमको फोरजी र भीओएलटीई सेवा प्रयोग गर्न सक्नुहुन्न ।

तर १८०० मेगाहर्जको फोरजी सपोर्ट छ अथवा तपाईंको मोबाइलमा सहरी क्षेत्रमा फोरजी सेवा चलिरहेको छ र टेलिकमले भीओएलटीई सेवा चलाउन सकिने मोबाइलको सूचीमा तपाईंले प्रयोग गरिरहेको मोबाइल सेट छ भने पनि यो सेवा चलाउन सकिन्छ ।

यी मोबाइल सेटमा चल्छ टेलिकमको भीओएलटीई

Samsung Galaxy M01s
Samsung Galaxy M02
Samsung Galaxy M02s
Samsung Galaxy M11
Samsung Galaxy M12
Samsung Galaxy M21
Samsung Galaxy M30s
Samsung Galaxy M31
Samsung Galaxy A12
Samsung Galaxy A51
Samsung Galaxy A52
Samsung Galaxy A70
Samsung Galaxy A70s
Samsung Galaxy A71
Samsung Galaxy A72
Samsung Galaxy Note 10 Lite
Samsung Galaxy S10
Samsung Galaxy S10+
Samsung Galaxy S10e
Samsung Galaxy S20
Samsung Galaxy S20+
Samsung Galaxy S20 ultra
Samsung Galaxy S20 FE
Samsung Galaxy S21
Samsung Galaxy S21+
Samsung Galaxy S21 Ultra
Samsung Galaxy Note 10
Samsung Galaxy Note 10+
Samsung Galaxy Note 20
Samsung Note 20 Ultra
Samsung Galaxy Z Fold2
Xiaomi Redmi 9 Prime
Xiaomi Mi10
Xiaomi Redmi 9C
Xiaomi Redmi Note 9 Pro
Xiaomi Redmi 8A
Nokia 5.3
Nokia 7.2
Nokia 3.4


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope