बुढ्यौलीमा पनि तन्नेरी छन् गाँउकै मानिस, औसत उमेर नै सय बर्ष भन्दा माथि


काठमाडौं । भारतस्थित कश्मीर घाटीका एक जनजाती समुदायको औसत उमेर नै सय बर्ष भन्दा माथि रहेको पाइएको छ । उमेरको असर मानिसको अनुहारदेखि शरीरको फिटनेससम्म देखिने गर्दछ तर होइन उनीहरु बुढ्यौलीमा पनि तन्नेरी नै देखिन्छन् ।

उनीहरुको दीर्घ उमेरको कारण हो स्वस्थ्य जीवनशैली र खानपान । सो समुदायका मानिसले आफैले उत्पादन मात्रै खान्छन् । हुन्जा नामक जनजातिका उनीहरु आरु र चर्काे घाममा सुकाएको ओखरको बढि सेवन गर्दछन् । खानामा आफैले उब्जाएको अन्नको दुई छाक भोजन गर्दछन् ।

कैयौं बर्षसम्म उनीहरुका साथमा बिताएका वैज्ञानिक डा. रोबर्ट मैक्कैरिसनका अनुसार ति आदिवासी समुदाय पिउन र नुहाउन हिमनदिको पानी प्रयोग गर्दछन् । उनीहरु मध्ये कोहि पनि अहिलेसम्म कुनै पनि रोगले ग्रसित छैनन् । त्यहामा महिलाले ६५ बर्षसम्म गर्भधारण गरेको तथ्यांक छ ।

कश्मिरको पाकिस्तानी क्षेत्रको गिलगित बाल्टिस्तानको पहाडका बीचमा रहेको यस गाउँका मानिसको औशत उमेर १ सय बर्ष छ । केहि भने १२० बर्षसम्म जीवित रहन्छन् । कतिपय त १५० बर्षसम्म बाँचेको बताइन्छ । यहाँका ७० बर्षका मानिस पनि ३० बर्षे युवक झै देखिन्छन् । अझ महिलाको हकमा उमेरले डाडा काटेका महिला पनि युवती झै देखिन्छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope