चक्रवातको असर : १२ सय जना सगरमाथा बेस क्याम्पमा अनुकुल मौसमको पर्खाइमा


काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन अनुसार ताउ ते नामक आँधीको असर प्रदेश १ र २ सहित देशका विभिन्न भागमा पर्नेछ । यसको असर आगामी शुक्रबारसम्म रहने भएकाले विभागले उक्त अवधिसम्म पर्वतारोहणमा नजानसमेत सचेत गराएको छ ।

पर्यटन विभागले पनि पर्वतारोही तथा सहयोगी आरोहीको सुरक्षामा ध्यान दिन सम्बन्धित एजेन्सीलाई आग्रह गरेको छ । उता, सगरमाथा आधार शिविर र त्यो भन्दा माथिका दुई शिविरमा गरी अहिले करीव १२ सय आरोही छन् । उनीहरु सगरमाथा आरोहणको लागि अनुकलु मौसम कुरेर बसेका छन् ।

सगरमाथा आधार शिविरमै खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आधार शिविर क्षेत्रमा सोमबार हल्का हिमपात भएको थियो । मंगलबार भने त्यहाँको मौसम सामान्य छ । ‘यहाँ त कुनै प्रभाव देखिएको छैन, सामान्य जस्तै छ,’ उनले अनलाइनखबरसँग भने ।

पछिल्ला वर्षहरुमा सगरमाथासहितका हिमाल आरोहणका सिलसिलामा अन्तर्राष्ट्रिय एजेन्सीहरुले पठाउने मौसमी अपडेटलाई आधिकारिक मानेर निर्णय लिने गरिएको छ । यसरी लिने प्रक्षेपण मिल्ने सम्भावना बढी हुने भएकाले समेत आरोहणमा त्यस्ता एजेन्सीको अपडेटलाई आरोहीले र आरोहण टिमले महत्व दिन्छन् । श्रेष्ठका अनुसार यो समय सगरमाथा क्षेत्रको मौसममा त्यति ठूलो परिवर्तनको चेतावनी छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope