जसपाद्वारा सरकारको नेतृत्वमा दावी


काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् । नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो ।

बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope