राजेन्द्र महतोको संसदीय दलको नेता पद खारेज


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको पद खारेज हुने भएको छ । विधिवत, प्रकृया पुर्याए नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । जसपाका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो ।

नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope