प्रधानमन्त्रीको सपथविरुद्धको रिट प्रधानन्यायाधिसको एकल इजलासमा आज सुनुवाइ हुँदै


काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथग्रहण गराउन माग गर्दै परेको रिटको सुनुवाई आज हुँदै छ । सो रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा आज हुने भएको हो । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली,नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए ।

वैशाख ३१ गते प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको विपरित रहेको भन्दै सपथ बदर गर्न रिट परेको हो।

रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । त्यस्तै तत्काल प्रधानमन्त्रीलाई कामकारवाहीबाट रोक्न पनि रिट निवेदकले माग दावी गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope