दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४९ जना घाइते


काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope