३४ वर्षपछि घर फर्किए गुरुङ देखि भूकम्पले भत्काएको घर सम्मका तस्बिर


बन्दिपुर गाउँपालिका– ६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । बाटोमा बेवारिसे अवस्थामा गुरुङलाई भेटेपछि समाजसेवी अनसुल लोहनीको सक्रियतामा ल्याइएको हो । तस्बीर ः सानेबहादुर नेपाली,रासस

लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ स्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प जाँदा सुरक्षाका लागि घर बाहिर सडकमा निस्केका बेँसीशहर नगरपालिका–७ का स्थानीय बासिन्दा । यसबाहेक जिल्लाका अधिकांश स्थानीय बासिन्दा घर बाहिर सकड, बाटो र खुला तथा सुरक्षित स्थानमा बसेका छन् । जिल्लामा पटक–पटक भूकम्पको धक्का महशुस भइरहँदा जिल्लावासी त्रसित बनेका छन् । तस्वीर ः जनक श्रेष्ठ÷रासस

कञ्चनपुरको महाकाली नदीमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली । तस्वीरः शेरबहादुर सिंह÷रासस

कोरोना महामारी रोकथामका लागि अनावश्यक रुपमा ओहोरदोहोर गर्नेलाई रोक लगाउँदै जैमिनी नगरपालिका–६ जनप्रतिनिधि र सुरक्षाकर्मी । तस्वीर ः तारानाथ आचार्य÷रासस

लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका– ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर । यस घर भत्किँदा उमा गुरुङ घाइते हुनुभएको छ, भने जिल्लाका विभिन्न घर भत्किँदा उमासहित चार जना घाइते भएका छन् । एक दर्जन बढी घरमा क्षति पुगेको छ । तस्वीर ः जनक श्रेष्ठ÷रासस

पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने फरक क्षमता भएका याम खाम्चाले खुट्टाले लेखेका अक्षर अवलोकन गर्दै नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य । बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर श्रवण क्षमता राम्रो भएका २३ वर्षीय खाम्चा अहिले गाउँकै बालहित माविमा खुट्टाको सहायताले कक्षा ११ मा पढ्नुहुन्छ । उहाँले खुट्टाको सहायताले ल्यापटप, मोबाइल चलाउनुहुन्छ । तस्वीर ः सुशीला रेग्मी÷रासस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope