कोरोना उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिरको उत्पादन अब नेपालमै हुने

काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन गर्न परीक्षण सफल भएको जनाइएको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले परिक्षण उत्पादन सफल भई उत्पादन प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।
उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए ।
भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको महासचिव अधिकारीले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस