सेरम इन्स्टिच्युटले तत्काल भ्याक्सिन नपठाउने


काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ । पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो।

यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डोज खोप अझै आएको छैन।

अब तत्काल खोप नआए गत फागुन २३ गतेबाट पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ।कम्पनीले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ। खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा पनि सेरमले प्रष्ट रूपमा उल्लेख गरेको छैन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope