घाँटी रेटिएको अवस्थामा मोरङमा महिलाको शव फेला

काठमाडौं । मोरङको रंगेलीमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिनवा चोक नजीक रहेको नहरमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई नियन्त्रणमा लिएको डीएसपी राईले जानकारी दिए ।
मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मान बाहादुर राईका अनुसार बिहान ७ बजेतिर शव फेला परेको सूचना आएको थियो । प्रहरीको टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
घाँटी रेटिएको अवस्थामा फेला परेको शव र यादवको घर करिब १.५ किलोमिटरको दूरीमा रहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस