शपथसम्बन्धी जारी अध्यादेशमा विकल्प


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथसम्वन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकबाट अध्यादेश सिफारिस गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीबार अध्यादेश जारी भएको हो।
जारी शपथसम्बन्धी अध्यादेश २०७८ मा शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था गरिएको छ।
नेपालको संविधान २०७२ मा संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानुन बनेको थिएन। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्न लगाउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो।
लिएको शपथका क्रममा विवाद उठेपछि कानूनको खोजी भएको थियो। अध्यादेशमा राखिएको शपथको नमूनामा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै हटाइएको छ।

अध्यादेशमा यस्तो छ शपथको नमूना

म नेपालको राजकीय सत्ता, सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक इश्र्वरको÷ देश र जनताको नाममा शपथ लिन्छु कि पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु। आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट वा संकेत गर्ने छैन।’

द्रष्टव्यमा – ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथको ढाँचामा रहेको निष्ठापूर्वक भन्ने शब्दपछि रहेका ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये शपथ कुन शब्दमा प्रयोग गर्ने हो भन्ने कुराको शपथ ग्रहण गर्नुअघि शपथ गराउने पदाधिकारीलाई जानकारी गराउनुपर्नेछ।’ उल्लेख गरिएको पनि मन्त्रिपरिषद स्रोतले बताएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope