खगेन्द्रको डमरुको डन्डीबियो सिनेमाघर गोल्ड एपमा हेर्न सकिने


काठमाडौं । नेपाली कथानक चलचित्र ‘डमरुको डन्डीबियो’ सिनेमाघर गोल्ड एपमा हेर्न सकिने भएको छ । चलचित्र हेर्नका लागि सिनेमाघर गोल्ड एप डाउनलोड गर्नु पर्नेछ । बुधबार बेलुका लामिछानेले दर्शकलाई सरप्राइज स्वरूप डमरुको डन्डीबियो दिएका हुन् । निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेको शीर्ष भूमिका रहेको चलचित्र नेपाल भित्रका दर्शकले निःशुल्क हेर्न पाउने छन् । तत्काल चलचित्र नेपाल भित्रका दर्शकले मात्रै हेर्न पाउने छन् ।

चाँडै नै नेपाल बाहिरका दर्शकले हेर्न मिल्ने बनाउने खगेन्द्रले बताएका छन् । दर्शकको लकडाउनको खाली समयको सदुपयोग होस् भनेर चलचित्र आफ्नो चलचित्र अनलाइनमा राखेको खगेन्द्रले जानकारी दिएका छन् ।
छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, आशान्त शर्मा, बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देबा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा खगेन्द्र स्वयंले लेखेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope