१४९ साँसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा देउवाको दावी पेश

काठमाडौँ । सरकार गठनका लागि विपक्षि दलहरुले पनि दावी पेश गरेका छन् । कांग्रेस सभापति शेर बहादुरलाई प्रधानमन्त्री बनाउन आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएर फर्किएका छन्।
नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल समूहका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा १५३ साँसद रहेको दावी सहित प्रधानमन्त्रीमा दावी पेश गरिसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ–आफ्नो दाबी पेश गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस