रुकुम पुर्वमा थुनुवा बोकेको गाडी दुर्घटना हुँदा ४ घाइते


काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्जका लागी छुटेको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । उक्त दुर्घटनामा एक थुनुवासहित ४ जना प्रहरी घाइते भएका हुन्।

लु१झ ५७० नम्बरको जीप शुक्रबार बिहान रोल्पा नगरपालिका–१ मा दुर्घटना भएको हो। रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार गाडी सडकमै चिप्लिएर पल्टिएर दुर्घटना भएको थियो।

प्रहरीका अनुसार एक थुनुवा, प्रहरी नायब निरीक्षक जयबहादुर रानासहित पाँच जना घाइतेको उपचार रोल्पा अस्पतालमा भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope