नँया सरकार गठनका लागी मार्गप्रसस्त गर्नु अत्यावश्यक : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको गरेको पत्रकार सम्मेलनमा ब्ँेल्दै समय खेर नफाली नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको प्रस्ट पारेका छन् । आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर नँया सरकार गठनका लागी बाटो खोलिदिएको बताए ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय व्याख्या गरेको पाइएको बताए । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेको तर्फ पनि उनले औंल्याए । नयाँ सरकार गठनका लागि धेरै समय नरहेको उनले बताए ।

धारा ७६ को उपधारा ५ मा जाने भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु समयको चापका हिसाबले उचितमात्र होइन अत्यावश्यक रहेको उनको भनाइ छ ।
आफ्नो यो कदम छलेर सरकार जोगाउन वा छलेर सरकार कब्जा गर्न केन्द्रित नरहेको उनले प्रस्ट पारे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope